नागरिकता कानुनकाे विराेधमा भारतभर प्रदर्शन : नेता र इतिहासकार पनि हिरासतमा

 पुष ३, २०७६ बिहीबार १३:५२:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – नागरिकता संशोधन विधेयक (सीएए) को विरोधमा भारतको विभिन्न राज्यमा विरोध प्रदर्शन भइरहेको छ । 

तर दिल्ली, उत्तर प्रदेश र कर्नाटकमा स्थानीय प्रशासनले प्रदर्शनकारीहरु जम्मा हुने भनिएको ठाउँमा धारा १४४ लगाएको छ । 

यद्यपि दिल्लीमा भने धारा १४४ लगाइए पनि ठूलो संख्यामा प्रदर्शनकारीहरु लाल किल्लामा जम्मा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँ उपस्थित बीबीसीका संवाददाता दिलनवाज पाशाका अनुसार प्रहरीले स्वराज पार्टीका नेता योगेन्द्र यादव लगायत कैयौँ व्यक्तिहरुलाई हिरासतमा लिएको छ । 

दिल्लीका कैयौँ इलामा रहेको टेलिकम सेवामा पनि असर पुगेको छ । टेलिकम कम्पनी एयरटेलले एक उपभोक्तको गुनासोको जवाफमा भनेको छ– दिल्लीको केही इलाकामा इन्टरनेट सेवा निलम्बित गरिएको छ । यद्यपि पछि एयरटेल कम्पनीको उपभोक्ता सहयोग विभागले यी सबै ट्वीटलाई हटाएको छ । 

उता बेंग्लोरमा प्रदर्शनमा सहभागी भएका चर्चित इतिहासकार रामचन्द्र गुहालाई प्रहरीले हिरासतमा लिएको छ । 

कर्नाटकको दक्षिण कन्नड जिल्लामा २१ डिसेम्बरसम्म निषेधाज्ञा लागू गरिएको छ । तर पनि वामपन्थी दलले विरोध प्रदर्शन गरिरहेका छन् । 
हैदराबद, चेन्नई र चण्डीगढमा पनि प्रदर्शन चर्किएको छ । 

नागरिकता कानुनको विरोधमा वामपन्थी पार्टी र मुस्लिम संगठनले बिहीबार भारत बन्दको आह्वान गरेका छन् । 

सीपीएम, सीपीआई, सीपीआई (एमएल), फरवार्ड ब्लक र आएसपीले एक संयुक्त बयानमा भनेको छ– यस दौरान देशैभर विरोध प्रदर्शन गरिनेछ । 
यो विरोधलाई केही विपक्षी दलले पनि समर्थन गर्ने जनाएका छन् ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया