निःशुल्क सीप सिक्ने र आफूसँग भएको सीप प्रमाणीकरण गर्ने अवसर

 पुस ३, २०७६ बिहिबार १४:२९:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ सीप सिक्न चाहनुहुन्छ ? स्वदेशमै स्वरोजगार बन्न होस् या सुरक्षित रुपमा विदेश जानका लागि होस् हातमा सीप भए सजिलो हुन्छ । त्यसैले तपाईँ सीप सिकेर स्वरोजगार बन्न या विदेश जान चाहनुहुन्छ भने वैदेशिक रोजगार बोर्डले निःशुल्क सीप तालिमको अवसर प्रदान गरेको छ ।

बोर्डमार्फत अहिले रुपन्देहीको बुटवल, काठमाण्डौको बालाजु, काभ्रेको बनेपा, महोत्तरीको बर्दिबास र बाँकेको नेपालगञ्जबाट सीपमुलक तालिम सञ्चालन भइरहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डमार्फत सञ्चालित सीपमुलक तालिममा सहभागी हुँदा कुनै पनि पैसा तिर्र्नु पर्दैन ।

तालिममा सहभागी हुन चाहनेले थप जानकारीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सञ्चालित कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन् । नेपाल टेलिकमका ग्राहकले ११४१ तथा १६६००१५०००५ नम्बरमा सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ । 

यस्तै बोर्डले आफूसँग भएको सीप परीक्षण गरेर प्रमाणपत्र लिन पनि अनुरोध गरेको छ । विदेशमा होस् या स्वदेशमा आफूले सिकेको सीप परीक्षणका लागि राष्ट्रिय सीप परीक्षण समितिद्वारा हुने सीप परीक्षणमा सातै प्रदेशबाट निवेदन दिन सकिनेछ ।

बोर्डका अनुसार अहिले सातै प्रदेशबाट सीप परीक्षणका लागि फारम संकलन भइरहेको छ । वैदेशिक रोजगारीबाट फर्किएकाको हकमा भने सीप परीक्षण गरेर उत्तीर्ण भएपछि लागेको रकम बोर्डले दिनेछ । सीप परीक्षणका लागि यही पुस ११ गतेसम्म आवेदन दिन सकिन्छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

2 Comments

  • Jiban rana

    Dec. 20, 2019, 10:26 a.m.

    मैले हाउस वायारिंग र मोवाइल रिपएरिंगको काम जानेको छु , तर प्रमाणपत्र छैन, मा कहाँ गएर यसको फर्म भर्न सक्छु ? हाल म स्यांग्जामा छु /

  •  1 Reply
  • Lapsang Lama

    Dec. 20, 2019, 7:55 a.m.

    कता गएर भर्न सकिन्छ फर्म ??

  •  0 Reply

तपाईको प्रतिक्रिया