नौमती बाजा बजाउने महिला समूह

 पुस ४, २०७६ शुक्रबार १६:२९:५२ | रासस
unn.prixa.net

काठमाण्डौ – महिलाले बाजा बजाउन हुन्न भन्ने परम्परागत धारणालाई अन्त्य गर्न महिलाको एउटा समूहले नौमती बाजामार्फत् समाजमा सशक्तीकरण र सचेतनाको अभियानलाई गति दिएका छन् ।

उनीहरुले परम्परागत पञ्चेबाजाको संरक्षण र संवर्द्धन गर्दै सामाजिक परिवर्तनको अभियानलाई अघि बढाएका हुन् । 

नौमती बाजा पञ्चेबाजाको ठूलो रुप हो । यसमा अन्य चार थान सहनाइ र दमाहा थपिएका हुन्छन् । पञ्चेबाजामा दमाह, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ रहेका छन् । 

नौ जना वाद्यवादक लोक कलाकारले सुर र ताल मिलाएर एकै पटक बजाइने भएकाले यो बाध्य समूहलाई नौमती बाजा भनिएको हो । नौमती बाजा समूहकी अध्यक्ष जानुका पौडेलले सांस्कृतिक क्षेत्रमा महिलाको सहभागिता र लोपोन्मुख बाजाको जगेर्ना गर्न अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

नौमती बाजा समूहले २०७० सालबाट महिलालाई तालिम दिन थालेको हो । पछिल्लो समय यसमा महिलाको आकर्षण बढेको समूहले जनाएको छ ।  

नौमती बाजा नेपाली धार्मिक, एवं सांस्कृतिक सम्पदाको रुपमा विवाह, व्रतबन्ध, विदेशी पाहुनाको स्वागत र बिदाइ, राष्ट्रिय–अन्तर्राष्ट्रिय सभा समारोहदेखि विशेष कार्यक्रममा बजाइने गरिन्छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया