पीपीएलमा पाेखराकाे लगातार तेस्राे हार, बुटवल ब्लास्टर्स ८ विकेटले विजयी

 पुस ४, २०७६ शुक्रबार १३:४४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको छ । पोखराले प्रतियोगितामा दोस्रो जित निकाल्दा पोखरा पल्टनले तेस्रो हार बेहेर्‍याे ।  

पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनायो । उसले सुरुवात राम्रो गर्न सकने । एको हो । उसले सुरुआत भने राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल खाता नखोल्दै पेभेलियन फर्कँदा पोखराले ११ रन हुँदा कप्तान शरद भेषावकरलाई व्यक्तिगत ७ रनमा गुमाएको थियो ।

टिमको स्कोर २५ रन हुँदा विनोद भण्डारी पनि ३ रन बनाएर पेभेलियन फर्किए । चौथो विकेटको रुपमा इशान पाण्डे आउट हुँदा पोखराले ३२ रन बनाएको थियो । पाण्डे १३ रनमा आउट भए । पाँचौँ विकेटको रुपमा ६९ रन हुँदा रोहितकुमार पौडेल आउट भएका थिए । रोहित १९ रन बनाएर आउट भएका थिए ।

पोखराका लागि रविइन्दर सिंह र प्रथमेस डेकेले स्कोर १०० रन कटाए । रविइन्दर ४४ रनमा अविजित रहँदा डेके पनि २० रनमा अविजित रहे । 

बुटवलका हर्ष टंकले २ तथा ललित भण्डारी, नितेश थाप र शिवम् सिंहले एक–एक विकेट लिए । 

जवाफमा सोमपाल कामीको ठाण्ँमा सिद्धान्त लोहनीले कप्तानी गरेको बुटवलले १४ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे ।  

बुटवलले उत्कृष्ट सुरुवात गर्याे, उसका लागि शंकर राना र अफ्ताविद्दुन अहमदले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरे । शंकर १९ रनमा आउट हुँदा बुटवलको पहिलो विकेट खस्यो । त्यसपछि १ सय पाँच रन हुँदा बुटवलले दोस्रो विकेट गुमायो ।

तर त्यसपछि अहमदले विस्फोटक ७५ रनको पारी खेल्दा बुटवलले सहज जित हात पार्‍याे । उनले ४६ बलमा १२ चौका र दुई छक्का प्रहार गरे ।

जितसँगै बुटवल तीन खेलमा चार अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया