प्रचण्ड पत्नी सीता उपचारका लागि बाबा रामदेवकाे आश्रममा

 पुस ४, २०७६ शुक्रबार १६:४८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिसिद्धिस्थित बाबा रामदेवको आश्रममा लगिएको छ ।  

लामो समयदेखि अस्वस्थ सीतालाई आयुर्वेदिक पद्धतिमार्फत उपचारका लागि बाबा रामदेवको आश्रममा लगिएको उहाँकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । 

 

पार्किन्सस जस्तो देखिने ‘पीएसपी’ भन्ने रोगबाट पीडित सीताको यसअघि अमेरिका लगायतका देशमा पुर्याएर उपचार गराइएको भए पनि रोग निको नभएपछि आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गर्न रामदेवको आश्रम लगिएको हो । 

सीताको साथमा छोरी गंगाका साथै नेकपा नेता मातृका यादव र उहाँकी पत्नी हुनुहुन्छ ।  

तस्बिर - गंगा दाहालकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया