ए डिभिजन लिग : फ्रेन्ड्समाथि ब्रिगेड ब्वाइजकाे राेमाञ्चक जित

 पुस ४, २०७६ शुक्रबार १७:५६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ब्रिगेड ब्वाइज क्लब(बीबीसी)ले शहीद स्मारक ए डिभिजन लिगमा एनआईबीएल फ्रेन्ड्स क्लबमाथि २-० को रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बीबीसीकाे जितमा राेशन रानामगर र जय गुरूङले एक-एक गाेल गरे । पहिलाे हाफ गाेलरहित बराबरी भएकाे खेलकाे ८७औं मिनेटमा जय गुरुङले गोल गर्दै बीबीसीलाई अग्रता दिलाए ।

इन्ज्युरी समयको पहिलाे मिनेटमा रोशन रानामगरकाे गाेल मार्फत बिबिसीले २-० काे जित दर्ता गर्‍याे ।

बीबीसी पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित भएको थियो । फ्रेन्ड्सको यो लगातार दोस्रो हार हो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया