पीपीएलमा काठमाण्डौको प्लेअफ सम्भावना कायमै : विराटनगर ३६ रनले पराजित

 पुष ५, २०७६ शनिबार १५:४६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरा प्रिमियर लिग अन्तर्गत काठमाण्डौ गोल्डेन्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेकाे छ। याे काठमाण्डौकाे दाेस्राे जित हाे भने विराटनगरकाे दाेस्राे हार। याे जितसँगै काठमाण्डौले प्लेअफको सम्भावना कायमै राखेको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५९ रन बनायो । खराब सुरुवात गरेको काठमाण्डौले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर गौरव ताेमार शून्य रनमा नै आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि अमित श्रेष्ठ र जयकिशन कोल्सावालाले ४३ रनको साझेदारी गरे । जसमा अमित १७ रनमा पेभेलियन फर्किए ।

तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र जयकिशनले अर्धशतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए । उनीहरुले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे ।

मल्लले ३३ बलमा तीन चौका र २ छक्का प्रहार गर्दै ४५ रन बनाए । यस्तै कोल्सावालाले ४३ बलमा पाँच चौका र दुई छक्काकाे मदतले ५५ रन बनाए ।

जवाफमा विराटनगर १९ ओभर चार बलमा एक सय २३ रनमा अलआउट भयो ।

निकै खराब सुरुवात गरेको विराटनगरले तीन रनमा पहिलो विकेट गुमायो भने ११ रनमा तीन विकेट खेर फाल्यो । त्यसपछि ४१ रन बनाउँदा ६ विकेट गुमाएको थियो । उसका दुई ओपनर सुनील धमला र मुहम्मद जेइद आलम एक एक रनमा आउट भए ।

यस्तै राजु रिजाल एक, राजेश पुलामी दुई तथा दिलिप नाथ पनि एक रनमा पेभेलियन फर्किए । कप्तान प्रदिप ऐरीले २९ रनको योगदान गरे । टिम निकै खराब अवस्थामा रहेका बेला नोमान खान र पुनित मेहराले टिमका लागि ७९ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।

तर नोमन खान २५ रनमा आउट हुँदा विराटनगरले एक सय २० रनमा सातौँ विकेट गुमायो । त्यसको लगत्तै पुनित पनि ५३ रनमा बाहिरिएपछि टिमको हार सुनिश्चित भयो । 

त्यसपछि विराटनगरले अरु एक रन थप्दा तीन विकेट गुमाएर अलआउट भयो।

बलिङमा सुबोध भाटीले तीन विकेट लिए भने बसन्त रेग्मीले दुई विकेट हात पारे ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया