पाेखरा प्रिमियर लिग : विराटनगरलाई १८ रनले हराउँदै चितवन प्लेअफमा

 पुस ६, २०७६ आइतबार १२:५८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – साविक उपविजेता चितवन राइनोज पोखरा प्रिमियर लिगको प्लेअफमा पुगेकाे छ ।

विराटनगरलाई १८ रनले हराउँदै चितवनले एक खेल अगाडि नै प्लेअफमा स्थान बनायो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।

राम्रो सुरुवात गर्न नसकेको चितवनले १३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ६० रनमा दोस्रो विकेट गुमाएको चितवनले ७० रनमा तेस्रो विकेट खेर फाल्यो । उसका लागि रोहन मुस्तफाले सात, कप्तान पारस खड्काले ३५ तथा अनिल शाहले मात्र तीन रन बनाए ।

त्यसपछि चितवनका लागि बाबर हायातले २५ रन बनाउँदा आउट भएपछि ९२ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि अरिफ शेख र सन्नी पटेलले पाँचौ विकेटका लागि अर्धशतकीय साझेदारी गरे । जसमा आरिफले अविजीत ३९ रन बनाए भने सन्नीले २७ रनको योगदान गरे ।

विराटनगरका जितेन्द्र मुखियाको १९ औँ ओभरमा सन्नी पटेलले २७ रन बनाए । जसमा उनले तीन छक्का, एक चौका प्रहार गरे । बलिङमा पुनित मेहरा र मुहम्मद जेइद आलमले एक–एक विकेट लिए ।

जवाफमा विराटनगर १९ ओभरमा १ सय २८ रनमा अलआउट भयो । उसले ३७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । सुनील धमला ५ रनमा आउट भए भने मुहम्मद जेइद आलम एक, कप्तान प्रदीप ऐरी ९ तथा नोमान खान १८ रनमा पेभेलियन फर्किए । त्यसपछि राजु रिजाल पनि मात्र एक रनमा आउट हुन पुगे ।

यस्तै राजेश पुलामी मगरले खाता खोल्न सकेनन् । सातौँ विकेटका लागि लोकेश बम र पुनित मेहराबीच अर्धशतकीय साझेदारी भएको थियो तर पुनित २४ रनमा आउट भएपछि विराटनगरले एक सय १४ रनमा सातौँ विकेट खेर फाल्यो ।

त्यसपछि लोकेश बम ६२ रनमा आउट भएपछि विराटनगरको आशा समाप्त भयो । बाँकी खेलाडी एकपछि अर्को गर्दै आउट भए । 

विराटनगरको पारीलाई ध्वस्त पार्न भुवन कार्कीले तीन तथा रोहन मुस्तफा र करण केसीले दुई–दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया