नक्कली कम्पनीको लेखा नराख्न अर्थमन्त्री खतिवडाको निर्देशन

 पुस ६, २०७६ आइतबार १७:४९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्थमन्त्री डा. युवराज खतिवडाले लेखापरीक्षकहरुलाई मूल्य मान्यताभन्दा विपरीत नक्कली कम्पनीहरुको लेखापरीक्षण नराख्न आग्रह गर्नुभएको छ ।

‘इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट नेपाल’द्वारा आयोजित ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ विषयक सम्मेलनमा उहाँले कम्पनी स्थापनाको उद्देश्य र व्यावसायिक क्रियाकलाप बुझेरमात्रै लेखा राख्न आग्रह गर्नुभएको हो । 

पछिल्लो समय नक्कली कम्पनी खडा गरी ठगी गर्नेहरुको संख्या बढिरहेको भन्दै अर्थमन्त्री खतिवडाले, त्यस्ता कम्पनीहरुलाई सुधार गर्नु चुनौतीपूर्ण बनेको बताउनुभएको छ । उहाँले वित्तीय ठगी गर्नैका लागि कतिपय कम्पनीहरु नक्कली नागरिकता र शेयरधनी खडा गरी कम्पनी रजिष्ट्रारमा दर्ता हुने गरेको पाइएको उल्लेख गर्नुभयो । 

‘फ्रड फर्म दर्ता हुने र  त्यसको ब्यालेन्स शीट बन्ने गरेको छ ।  त्यसैको अडिट हुने तर गल्ती कसको हुने भन्नेमा अन्यौलता देखिने गरेको छ । एकाउन्ट हेर्दा सबै ठिकै हुन्छ’, उहाँले भन्नुभयो, ‘अडिटर जानुहुन्छ, मैले जाने बुझेअनुसार सबै बिवरण ठिक छ भन्नुहुन्छ, सही गर्नुहुन्छ । त्यसको फ्रड जरैबाट सुरु हुने गरेको छ ।’

संघ, प्रदेश र स्थानीय तहको अधिकारको जवाफदेहिताका विषयमा अझै अन्यौलता कायमै रहेको उहाँको भनाइ छ ।

विद्यमान अन्यौलताको अन्त्यका लागि कतिपय कानुन बनिसकेको तथा केही बन्ने क्रममा संसदमा रहेको उहाँले बताउनुभयो । कानुन निर्माणपछि संघीयतासँग जोडिएका अन्यौलतासँगै व्यावसायिक क्षेत्रका सम्पूर्ण पक्षलाई व्यवस्थित गर्नेगरी काम भइरहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया