वैदेशिक रोजगारीमा जाने बढे

 पुस ६, २०७६ आइतबार १८:१६:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानेको संख्या महिनैपिच्छे बढेको वैदेशिक रोजगार विभागको तथ्याँकले देखाएको छ । वैदेशिक रोजगारीमा जानको लागि कात्तिकमा ५१ हजार दुईसय ७४ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । मंसिरमा यो सँख्या साढे ५ हजारले बढेको छ । 

मंसिरमा ५३ हजार दुईसय १५ पुरुष र तीनहजार पाँचसय ९५ महिला गरी  ५६ हजार ८ सय १० जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यीमध्ये २६ हजार सातसय ९५ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् ।

यो वैदेशिक रोजगारीमा जानको लागि खुल्ला गरिएका विभिन्न ८५ वटा देशमा जानेहरुको तथ्याँक हो ।असोज महिनामा १८ हजार ७ सय ७१ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

सबैभन्दा बढी साउदीमा

मंसिरमा साउदी अरब जानेको संख्या बढी देखिएको छ । मंसिरमा १४ हजार २ सय ८४ पुरुष र ७३ महिला गरी १४ हजार ३ सय ५७ जनाले साउदीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । 

यस्तै दोस्रोमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने देश यूएई छ । ११ हजार सातसय ९४ पुरुष र १ हजार ४ सय ५० महिलासहित १३ हजार दुईसय ४४ जनाले यूएईको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

१२ हजार ४ सय ३९ पुरुष र ४ सय ७३ महिलासहित १२ हजार ९ सय १२ जनाले कतारको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । मलेसियाको लागि ८ हजार ७ सय ७३ र कुवेतको लागि २ हजार ६ सय ७६ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

यस्तै १ हजार ७९ जनाले बहराइन र ६ सय ३७ जनाले ओमनको लागि श्रम स्वीकृति लिएका छन् । यो महिनामा ४ सय ८३ पुरुष र ३४ महिलासहित ५ सय १७ जनाले जापानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

१ सय ७ म्यानपावरले एक जना कामदार पनि पठाउन सकेनन्

मंसिरमा १ सय ७ म्यानपावरले एक जना कामदार पनि पठाउन सकेनन् । ८ सय ३५ म्यानपावरले वैदेशिक रोजगारीमा कामदार पठाउने गरेकोमा मंसिर महिनामा ७ सय २८ ले मात्र कामदार पठाउन सकेका छन् । 

सबैभन्दा बढी ब्लू ओसयन सर्भिसेजले ४ सय ८५ लाई वैदेशिक रोजगारीमा पठाएको छ । यस्तै दोस्रोमा एसओएस सर्भिसेज प्रालीले ४ सय ३५ कामदार पठाएको छ । 
३६ वटा म्यानपावरले १ जना र ३४ वटा म्यानपावरले २ जना कामदारलाई मात्र वैदेशिक रोजगारीमा पठाएका छन् ।

अदक्ष नै बढी 

वैदेशिक रोजगारीमा जानेहरुमा अझै पनि केही सीप नसिकेर जानेहरुको संख्या बढी देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्याँकअनुसार मंसिरमा वैदेशिक रोजगारीमा जानेमध्ये सात जना उच्च दक्ष (हाइ स्किल्ड), ७५ जना व्यवसायिक रुपमा जानेहरु छन् । 

यस्तै अर्धदक्षको सँख्या ५ हजार ७ सय ४५ र दक्ष कामदारको १९ हजार ७ सय ९६ छ । मंसिरमा ३१ हजार १ सय १८ अदक्ष कामदार वैदेशिक रोजगारीमा गएका बोर्डले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया