ए डिभिजन लिग : एपीएफ र हिमालयन शेर्पाबीच एक-एक गोलको बराबरी

 पुस ६, २०७६ आइतबार १८:२८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिमालयन शेर्पा र नेपाल एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एक एक गोलको बराबरी खेलेका छन् ।

जारी प्रतियोगितामा शेर्पाको याे लगातार दोस्रो बराबरी हो । दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफकाे सुरुमा नै त्रिदेव गुरुङको गोलबाट शेर्पाले अग्रता लिएको थियो । तर त्यो अग्रता लामो समय टिकेन ।

५८ औंँ मिनेटमा एपीएफका प्रविण स्याङ्तानले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । एपीएफले लिगमा पहिलो अंक जोड्दा शेर्पाको २ अंक पुगेको छ । एपीएफ पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग २–० ले पराजित भएको थियो ।

शेर्पाले पहिलो खेलमा अर्को विभागीय टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया