पोखरा प्रिमियर लिग : धनगढी ब्लुज बाहिरियाे, बुटवलले भने प्लेअफ सम्भावना कायमै

 पुस ६, २०७६ आइतबार १८:५०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धनगढी ब्लुज पोखरा प्रिमियर लिग क्रिकेटमा लिग चरणबाटै बाहिरिएको छ ।

आइतबार बुटवल ब्लास्टर्ससँग ७ विकेटले पराजित भएपछि धनगढीको यात्रा लिग चरणमा नै सकिएकाे हाे । यो जितले बुटवलले भने प्लेअफको सम्भावना निकै बलियो बनाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ६१ रन बनाएका थिए। उनी ४५ बलमा ६ चौका र २ छक्काको मद्दतले ६१ रन बनाएर आउट भए । त्यस्तै सन्दीप जोराले पनि ३२ बलमा ३९ रन बनाए।

सौरभ खनालले पनि १० रनको योगदान गरेका थिए । बाँकी अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बुटवलका लागि अभिनाश बोहराले ४ तथा ललित सिंह भण्डारीले ३ र सोमपाल कामीले १ विकेट लिएका थिए ।

जवाफमा बुटवलले ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यने । उत्कृष्ट सुरुवात गरेको बुटवलले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गरेको थियो । उसका ओपनर अफ्ताबुद्दिन अहमदले विस्फोटक ५२ रन बनाए । जसमा उनले २३ बलमा एक चौका र सात छक्का प्रहार गरे । ५३ रनमा पहिलो विकेट गुमाएको बुटवलले एक सय ५ रनमा दोस्रो विकेट गुमायाे ।

दोस्रो विकेटका लागि पनि हर्ष टोंकले २१ बलमा ४० रन बनाए । उनले तीन चौका र चार छक्का प्रहार गरे ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया