बसको ठक्करबाट काठमाण्डाैकाे चाबहिलमा एक जना विद्यार्थीकाे ज्यान गयो

 पुस ७, २०७६ सोमबार ११:३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको सुकेधारामा बसको ठक्करबाट एकजना विद्यार्थीको ज्यान गएको छ ।

भक्तपुरको कमलिवनायकबाट नयाँ बसपार्कका लागि छुटेको बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिँदा पशुपति क्याम्पस चाबहिलमा बीबीएस चौथो वर्षमा अध्ययनरत छात्रा गोरखाकी सृष्टि पन्तको ज्यान गएको  गौशालाका डीएसपी प्रदीप सिंहले जानकारी दिनुभयो ।

बिहान क्याम्पस जान बाटो काट्ने क्रममा पन्तलाई बसले ठक्कर दिएको थियो । घाइते पन्तको उपचारको क्रममा चाबहिलको ओम अस्पतालमा ज्यान गएको हो ।

घटनाको विरोधमा पशुपति क्याम्पसका विद्यार्थीले त्यही रुटमा चल्ने बा ४ ख ७१०१ नम्बरको अर्को बसमा आगजनी गरेका छन् । तोडफोड गर्ने केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीको विरोधका कारण चाबहिल, गौशाला क्षेत्रमा केहीबेर आवागमन प्रभावित भएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया