आर्मीलाई १–० ले हराउँदै मनाङ शीर्ष स्थानमा

 पुस ७, २०७६ सोमबार १५:३८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा मनाङले लगातार दोस्रो जित निकालेको छ । साेमबार भएको खेलमा मनाङले आर्मीलाई एक–शून्य गाेल अन्तरले हरायो ।

दशरथ रंगशालामा भएको खेलमा मनाङको जितमा एकमात्र गोल दयानन्द सिंहले गरे । यो सिजन स्टार खेलाडीबिना नै टिम तयार पारेको मनाङले पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

खेलकाे ९२ औँ मिनेटमा मनाङले दयानन्दको गोलमा अग्रता बनायो । त्यसपछि आर्मी खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि मनाङले दुई खेलमा ६ अंक बनाएको छ ।

लिगमा आर्मीको पहिलो हार हो । उसको २ खेलमा ३ अंक छ । खेलमा दीप कार्की केल्मी 'म्यान अफ द म्याच' बने ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया