पत्रकार जमाल खशोग्गी हत्याकाण्डमा पाँच जनालाई मृत्युदण्डको सजाय

 पुस ७, २०७६ सोमबार १७:५:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – साउदी अरबको एक अदालतले पत्रकार जमाल खशाेग्गीकाे हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । 

सोमबार साउदी अरबका सरकारी अभियोजक शलान अल–शलानले भने, ‘खशाेग्गीकाे हत्यामा संलग्न भएका पाँच जनालाई मृत्युदण्डको सजाय दिइएको छ । साथै तीन जनालाई कुल २४ वर्षको जेल सजाय सुनाइएको छ ।’

खशाेग्गी हत्या प्रकरणमा साउदी अरबका क्राउन प्रिन्स मोहम्द बिन सलमानका सल्लाहकार सउद अल–खतानीसँग बुझिएको थियो तर उनीमाथि कुनै पनि आरोप लगाइएको छैन । 

उनलाई अन्तिम पटक सने २०१८ अक्टोबरमा टर्कीको इस्तानबुलमा रहेको साउदी वाणिज्यिक दूतावास बाहिर देखिएको थियो । टर्कीले साउदी अरबमाथि दूतावासमा जमाल खशाेग्गीको हत्या गरेको आरोप लगाएको थियो । तर उनको लाश त्यहाँ भेटिएको थिएन । 

साउदी अरबका अधिकारीहरुको आदेशमा खशाेग्गीको हत्या गरिएको टर्कीले आरोप लगाएको थियो । यद्यपि साउदी अरबले यो कुरालाई नकार्दै आएको थियो । 
पत्रकार जमाल खशाेग्गीको हत्यालाई लिएर अन्तर्राष्ट्रियस्तरमा नै कडा आलोचना भएको थियो । 

अमेरिकी जासुसी एजेन्सी सीआईए र पश्चिमी देशका सरकारहरुले भने साउदी राजकुमारकै आदेशमा खशाेग्गीको हत्या भएको बताएका थिए । तर साउदी अरबका अधिकारीहरुले यसमा आफूहरुको कुनै भूमिका नभएको बताएका थिए । 

खशाेग्गी हत्या प्रकरणमा टर्कीले साउदी अरबबाट १८ जना संदिग्धहरुलाई प्रत्यार्पित गर्ने कुरा पनि उठाएको थियो । तर साउदीले टर्कीको यो मागलाई खारेज गरेको थियो । 

यसै वर्षको जनवरीमा खशाेग्गी हत्या प्रकरणमा रियादमा ११ जना अभियुक्तमाथि मुद्दाको सुनुवाइ सुरु भएको थियो । गएको सेप्टेम्बरमा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले सार्वजनिक रुपमा नै जमाल खशाेग्गीको हत्याको जिम्मेवारी लिँदै भनेका थिए– मेरो कार्यकालमा नै हत्या भएको हो र हत्या जिम्मेवारी म आफै लिन्छु । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया