बाटो मर्मत गरिरहेकाे ठोरी गाउँपालिकाको डोजर सेनाको नियन्त्रणमा

 पुस ७, २०७६ सोमबार १९:३९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पर्साको ठोरीमा बाटो मर्मत गरिरहेको ठोरी गाउँपालिकाको डोजर चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटेको नेपाली सेनाले नियन्त्रणमा लिएको छ । 

ठोरीको ठुटे खोलामा बाटो मर्मत गरिरहेको गाउँपालिकाको डोजर र त्यसका चालक साजन श्रेष्ठलाई सेनाले नियन्त्रणमा लिएको गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिनुभयो ।

आवत जावत गर्न सडक मर्मत भइरहेको ठाउँमा पुगेर सेनाको टोलीले डोजर र चालकलाई नियन्त्रणमा लिएर लगेको उहाँले जानकारी दिनुभयो । वडा नम्वर २ पर्ने ठुटे खोलामा सडक मर्मत भइरहेको र काममा अवरोध नगर्न सेनालाई आग्रह गरेको भए पनि जबर्जस्ती नियन्त्रणमा लिएर गएको ठोरी गाउँपालिका वडा नम्वर २ का वडा सदस्य श्यामहरि आचार्यले बताउनुभयो ।

नियन्त्रणमा लिएको डोजर र चालकलाई सेनाको इच्छानगर पोष्टमा राखेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको ठोरीमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले विकास निर्माणका बेला जहिल्यै पनि अवरोध गर्ने गरेको स्थानीयको आरोप छ ।

निकुञ्ज सुरक्षार्थ रहेको सेनाले भने अहिले खोलामा गोहीले अण्डा पार्ने समय भएकाले डोजर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • sanjog thapa

    Dec. 23, 2019, 10:19 p.m.

    बिकाश को नाम मा पैसा को लागि बिनास गर्ने हरु लाइ डोजर संगै राखेर पाता कस्नु पर्छ !

  •  0 Reply

तपाईको प्रतिक्रिया