प्रतिबन्धमा परेका चार फु्टबलरकाे कारबाही घट्याे

 पुस ८, २०७६ मंगलबार १६:५३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन कमिटीले प्रतिबन्धमा परेका चार जना खेलाडीको कारबाही घटाएको छ । खेलाडीले अपिल गरेपछि उनीहरु कारवाहिको समय कार्तिक ३० गतेबाट लाग‍ू हुनेगरी परिमार्जन गरिएको छ ।

तर उनीहरुमाथिको जरिबाना भने यथावत राखिएको छ । एन्फाको अनुशासन समितिले अञ्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिन र विमल र दिनेश राजवंशीलाई ९० दिन फुटबल खेल्न नपाउने कारबाही गरेको थियो ।

अनुशासन विपरीत डिस्कोमा रात बिताएको भन्दै एन्फाको अनुशासन समितीले चार जनालाई दुई किसिमको कारवाही गरेको थियो । जसमा दुई जनालाई ९० दिन र दुई जनालाई ४५ दिनको कारवाही सुनाएको थियो ।

जसमा मंसिर २७ गतेबाट लागु हुने गरि विमल र दिनेशलाई ९० दिन तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको थियो । तर उनीहरुलाई खेल्नबाट भने एक महिना अगाडीबाट नै बञ्चित गरेको थियो ।

खेलाडीले गल्ति स्वीकारिसक्दा पनि अन्याय हुनेगरी कारबाही गरेको भन्दै लिखित निवेदन दिएका थिए । जसमा एन्फाको अनुशासन समितिले आज सुुनुवाइ गर्न लागेको छ । उनीहरुलाई जनही ५० हजार जरिबाना पनि लगाइएको थियो ।

त्याे गल्तीका कारण उनीहरुलाई दक्षिण एसियाली खेलकुद सागको टिमबाट हटाइएको थियो भने कुवेत विरुद्धको खेलमा पनि टिम बाहिर राखिएको थियो । यतिमात्र नभइ सो कारबाहीले उनीहरुलाई ए डिभिजन लिग खेल्नबाट समेत वञ्चित गरेको थियो ।

कारबाही घटाइएपछि अञ्जन र सन्तोषले ए डिभिजन लिग खेल्न पाउनेछन् । उनीहरु ४५ दिनको कारबाही सकेर दुई खेलपछि लिगमा फर्किनेछन् । अञ्जन मनाङमा आवद्द छन भने सन्तोष आर्मीका खेलाडी हुन् ।

यदि एन्फाले आफ्नो कारबाही कायमै राखेमा भने उनीहरुले लिग खेल्नका लागि अझै कुर्नुपर्ने भएको छ । विमल र दिनेशले भने लामाे समय कुर्नुपर्नेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया