कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई सम्मान गरिने

 पुस ८, २०७६ मंगलबार १७:२७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र  वरिष्ठ आँखा चिकित्सक सन्दुक रुइतलाई  हेमबहादुर मल्ल सम्मान पुरष्कारबाट सम्मानित गरिने भएको छ । 

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबार पत्रकार सम्मेलन गरी घिसिङ र रुइतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी गराएको हो । 

साल्ट ट्रेडिङले घिसिङलाई लामो समयदेखि लोडसेडिङकाे समस्यालाई हटाउन योगदान गरेको र रुइतलाई आँखा उपचारमा अतुलनीय योगदान गरेकाले उक्त पुरष्कार प्रदान गर्न लागिएको जनाएको छ ।

सम्मान प्रदान गर्न गठित उच्चस्तरीय छनोट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले घिसिङलाई २०७३ सालको र रुइतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गर्न लागिएको बताउनुभयो ।

हेमबहादुर मल्ल सम्मान पुरष्कार २०५९ सालमा स्थापना गरिएको हो । बाग्लुङमा जन्मनुभएका मल्ल साल्ट ट्रेडिङ कर्पोरेशन महाप्रबन्धक भएर रोलमोडल प्रशासन र व्यवस्थापकको रुपमा काम गर्नुभएकोले कर्पोरेशनले उहाँको सम्झनामा उक्त पुरस्कारको स्थापना गरेको हो । पुरष्कार २ लाख राशीको रहेको छ ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया