चिनियाँ राजदूतलाई ट्विटरमा फलो गर्नुहोस्, पुरस्कार पाउनुहोस् !

 पुस ८, २०७६ मंगलबार १८:१७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको ट्विटरमा फलो, ट्याग, ट्वीट र रिट्वीट गरेबापत आकर्षक पुरस्कार पाइने भएको छ ।

यान्छीले डिसेम्बर २६ मध्यान्ह १२ बजेसम्म आफूलाई ट्वीटरमा फलो गर्नेमध्ये पाँच जनालाई चिनियाँ चलचित्र महोत्सवको टिकटमार्फत पुरस्कृत गर्ने घोषणा गर्नुभएको हो ।

राजदूत यान्छीको पोस्टलाई फलाे मात्रै नगरी रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्नेछ । २७ डिसेम्बरबाट काठमाण्डाैमा सुरु हुने चिनियाँ चलचित्र महोत्सवलाई लक्षित गर्दै राजदूत यान्छीले यस्तो प्रतियोगिताकाे घोषणा गर्नुभएकाे हाे । उहाँले पुरस्कृतलाई महोत्सवकै दुई वटा टिकट उपलब्ध गराउने जनाउनु भएकाे छ।

चिनियाँ चलचित्र महोत्सव काठमाण्डौ, पोखरा र लुम्बिनीमा गरी ८ जनवरीसम्म चल्नेछ। हालसम्म उहाँको ट्विटरमा नेपाल ह्याण्डलको फलोअर संख्या साँढे ९ हजारभन्दा बढी रहेकाे छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया