यूएई जाने कामदारसँग ५ लाख रुपैयाँ माग्ने म्यानपावरमा छापा

 पुस ८, २०७६ मंगलबार १९:४८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विदेश जाने कामदारसँग गैरकानुनी रुपमा रकम लिने काठमाण्डौ गोंगबुको आरबी ओभरसिजमा वैदेशिक रोजगार  विभागले छापा मारेको छ ।  वैदेशिक रोजगारमा जाने व्यक्तिबाट ५ लाख रुपैयाँ लिएको उजुरीको आधारमा छापा मारिएको विभागले जनाएको छ । 

यूएईमा सेक्यूरिटी कम्पनीमा रोजगारीका लागि जान लागेका भोजपुरका पासाङ नोर्बु शेर्पासँग अभोरसिजका कर्मचारीले ५ लाख रुपैयाँ मागेका थिए । ५० हजार रुपैयाँ दिइसकेपछि अरु रकम कम गर्न आग्रह गर्दा सबै पैसा नबुझाउँदासम्म श्रम स्वीकृतिको प्रक्रिया नै अघि नबढाएपछि शेर्पाले विभागमा उजुरी दिनुभएको थियो । 

उजुरीपछि विभागको टोलीले छापा मार्दा आरबी ओभरसिजबाट रकमसँगै शेर्पाको लागिसकेको पासपोर्ट पनि बरामद भएको छ । विभागले म्यानपावरबिरुद्ध थप कारबाही अघि बढाएको जनाएको छ । 

सेक्यूरिटी कम्पनीको लागि वैदेशिक रोजगारीमा जाने नेपालीबाट म्यानपावरले ५ लाख रुपैयाँसम्म लिने गरेको भए पनि गुनासोकर्ताले रपर्दो सूचना र प्रमाणसहित सहयोग नगर्दा कारबाही प्रक्रिया अघि बढाउन नसकिएको विभागले जनाएको छ । 

विभागकाअनुसार दुबई पुलिस लगायत थुप्रै सेक्यूरिटी कम्पनीबाट आउने निःशुल्क टिकट र भिसा सहितको मागमा पनि ५ लाख रुपैयाँभन्दा कम तिरेर वैदेशिक रोजगारीमा जान नपाएको गुनासो आउने गरेको छ ।

विभागले हरेक हप्ताजसो स्टिङ्ग अपरेशन गर्दै आएको छ । तर धेरैजसो व्यवसायीहरुले सुरक्षित, सम्मानपूर्ण र शोषणरहित वैदेशिक रोजगार व्यवसाय बनाउनेतर्फ पहलकदमी लिनुभन्दा पनि जसरी भएपनि पैसा कमाउने ध्याउन्नमै लागेको भेटिएको विभागले जनाएको छ। 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • हरि

    Dec. 27, 2019, 7:14 p.m.

    यो समाचार मात्र नबनोस बास्तबिकतालाई आवश्यक छानबिन गरि हालसम्म यश मेनपावर बात सुरक्षागार्ड को लागि कति जना बिदेश गयका छन 5 लाख का दरले मात्र हिसाब गर्ने हो भने कति हुन्छ ? भन्नलाई फ्री भन्ने 10 लाख सम्म पनि लियका छन !त्यसैले कर्मकाण्ड र कर्मचारीको कमिसन बढाउने कार्य मात्र नबनि गरिबदुखी पनि बिदेश जाने बाताबरण बनोस् तथा सोझा लाई ठगीमा सम्लग्नलाई कडा भन्दा कडा कारबाही होस ताकी फेरि अर्को मान्छे ठगि गर्न नसकोस!!!!!!!

  •  0 Reply
  • विक्रम karki

    Dec. 24, 2019, 8:14 p.m.

    मेरो पनि dubai को meddle east compony मा भिसा लागेर sharm स्वीकृति पनि bhayo तर भिसा र पासपोर्ट मा जन्म दिन फरक भयो र काम रोकियो मलाइ पनि 5 लाख magyo पैसदिन नसकेर जान पाइन अब भनम के गरु।।।

  •  0 Reply
  • Indra magar

    Dec. 24, 2019, 8 p.m.

    याे RB overseas ले धेरै रकम लुटिसकेकाे छ ।यसले UAE काे जुनसुकै security company काे लागि ४ देखि ५ लाख रकम असुलेकाे छ मेराे साथीले पनि ५ लाख तिरेर गएकाे हाे केे गर्नु बाध्यता हामी नेपालीहरूकाे

  •  0 Reply

तपाईको प्रतिक्रिया