जाडोमा ओठ फुट्ने समस्याबाट यसरी बच्नुस्

 पुस १०, २०७६ बिहिबार १६:२१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चिसो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरु देखिन्छन् । जाडोमा सबैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ । ओठ फुटेमा पोल्ने, बोल्न नहुने, खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन् । 

ओठ फुट्ने कारण :

–    चिसो तथा सुख्खा मौसम 

–    हरियो सागसब्जी तथा फलफूल नखाँदा 

–    पानीको मात्रा कम भएर 

–    कम गुणस्तरको लिपबाम तथा लिपस्टिक लगाउँदा 

–    बारम्बार जिब्रोले ओठ चलाउँदा 

–    जाँडरक्सी र चुरोट धेरै खाँदा 

रोकथामका उपाय 

–    घर बाहिर निस्कँदा चिल्लो पदार्थहरु मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाएर मात्र निस्कनुपर्छ ।

–    जाडोको समयमा ओठ मात्र होइन, छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

–    बाहिर बजारमा पाइने जुनसुकै क्रिम पनि ओठमा लगाउन हुँदैन ।

–    समय–समयमा ओठमा लिप बाम लगाउने गर्नुपर्छ ।  भिटामिन ई भएको लिपबाम लगाउनु राम्रो हुन्छ ।

–    ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नहुँदैन । यसो गर्दा घाउ भएर समस्या झन बढ्दै जान्छ । 

–    यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।  

(ओम अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा. रीता श्रेष्ठसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया