अब बसभित्रै पार्टी गर्न पाइने !

 पुस १०, २०७६ बिहिबार १४:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अब पार्टी गर्नकै लागि डिस्को, बार र क्लब धाउनु पर्ने बाध्यता हट्ने भएको छ । 

यसका लागि ‘पार्टी बस नेपाल’ तपाईँको उचित गन्तव्य बन्न सक्छ । पश्चिमी बजारमा बसभित्रै पार्टी गर्न मिल्ने परम्परा लोकप्रिय भइसकेको भए पनि नेपालमा भने यो नयाँ अभ्यास हो । 

पार्टी बस के हो ?

कम्पनीका अनुसार पार्टी बस नेपाल ‘सिटी टुर’को अवधारणामा विकसित भएको नयाँ अभ्यास हो । यसले गुणस्तरीय सेवासँगै आरामदायी र तनावमुक्त वातावरण तय गर्छ । 

यो बसको डिजाइन पनि भिन्नै खालको छ । के के छन् त–

आरामदायी आन्तरिक बनावट
हाई–फाई डीजे म्युजिक सिस्टम
बार र छुट्टै धुम्रपान क्षेत्र
डान्स फ्लोर
पोल डान्स सुविधा
एसी,मोबाइल चार्ज गर्ने सुविधा आदि

पार्टी बस नेपालले अहिले चार वटा सेवालाई प्राथमिकतामा राखेको छः हप अन पार्टी राइड (साँझ राति), एअरपोर्ट पिकअप र ड्रप, व्यक्तिगत इभेन्ट र विशेष थेम पार्टी । 

हप अन पार्टी : हप अन पार्टी राइडको प्रतिव्यक्ति १ हजार रुपैयाँ निर्धारण गरेको छ।

प्राइभेट पार्टी : ३ घण्टाको ३ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रत्येक घण्टा १ हजार रुपैयाँ, ६ घण्टाको ५ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रतिघण्टा १ हजार रुपैयाँ, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रतिघण्टा १ हजार रुपैयाँ ।

एअरपोर्ट पिकअप र ड्रप : एकतर्फीकाे २ हजार रुपैयाँ र ल्याउने र पुर्‍याउनको लागि ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ।

स्पेसल थिम : यो पनि हप अन शैलीको पार्टी राइड हो जसमा प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकेको छ ।

तर यसका लागि भने केही हप्ता कुर्नुपर्नेछ । यो बसको सञ्चालन सन् २०२० को जनवरी १० मा हुने कम्पनीको वेबसाइटमा बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया