ए डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई हराउँदै मनाङ शीर्ष स्थानमा

 पुस १०, २०७६ बिहिबार १४:३६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लगातार तीन खेलमा जित निकाल्दै मनाङ फेरि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई एक शून्यले हरायो । मनाङको जितमा जगजित श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलको २५ औंँ मिनेटमा जगजित श्रेष्ठले मनाङका लागि गोल गरेका थिए ।

पहिलो हाफमा एक शून्यको अग्रता बनाएकाे मनाङले दोस्रो हाफमा पनि ब्रिगेड ब्वाइजलाई दबाब दियाे तर गोल थप्न सकेन । ५२ औंँ मिनेटमा मनाङले अन्तर दुई शून्यमा पुर्‍याउने मौका पाए पनि सफल हुन सकेन ।

७४ औंँ मिनेटमा मनाङ १० खेलाडीमा झर्न पुग्यो । उसका एकराज बुढाथोकीले ब्रिगेड ब्वाइजका खेलाडीलाई डरलाग्दो फल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्याइज खेलमा फर्कन सकेन र पराजित भयो ।

जारी लिगमा ब्रिगेड ब्वाइजको यो दोस्रो हार हो । उसको तीन खेलमा तीन अंक रहेको छ । मनाङको तीन खेलमा नौ अंक भएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया