जब समर्थकले मैदानमै पारस खड्काकाे खुट्टा छाेए ...

 पुस १२, २०७६ शनिबार १६:३६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - नेपाली क्रिकेटका सर्वाधिक लोकप्रिय खेलाडी मानिने पारस खड्काको टिम चितवन राइनोजले पोखरा प्रिमियर लिगको उपाधि जित्दा एक समर्थक मैदानमा नै पुगेर उनको खुट्टा ढोगे ।

पारसलाई निकै मन पराउने र आइडलजस्तै मान्ने ती समर्थकले पुरै फाइनल खेलमा चितवनको समर्थन गरेका थिए । जब चितवनले विराटनगरलाई ३२ रनले पराजित गर्‍याे र पारस सहित अरु खेलाडी सेलिब्रेसन गरिरहेको अवस्थामा अचानक एक युवा पारसको नजिकै गएर खुटमा आफ्नो शिर राखे ।

यो देखेर पारस पनि अचम्ममा परे । उनले ती समर्थकलाई सहानुभुति पूर्वक उठाएर हात मिलाए । यो क्षणमा चितवनका भुवन कार्की विक्रम सोब, सन्नतीि पटेल, करण केसी त्यहाँ उपस्थित रहेका थिए । उनीहरु पनि यो क्षणबाट निकै अचम्ममा परेका थिए । उनले पनि ती युवालाई सम्झाएका थिए ।

पारसको ७७ नम्बरको जर्सी लगाएका ती युवालाई पारसले अंकमाल गराएर मैदान बाहिर पठाएका थिए ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया