भुक्तानीकाे माग गर्द‌ै माइतीघरमा उखु किसानको धर्ना

 पुस १२, २०७६ शनिबार १८:५३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– चिनी मिलले दिनुपर्ने भुक्तानी र सरकारले दिने अनुदान रकम तत्काल उपलब्ध गराउन माग गर्दै शनिबार उखु किसानहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन् । आफूहरुले पाउनुपर्ने झण्डै साढे १ अर्ब रुपैयाँ उखु मिलले तत्काल भुक्तानी गर्नुपर्ने किसानहरुको माग छ । 

नेपालभर अहिले ७५ हजारभन्दा धेरै उखु किसान रहेका छन् भने १४ वटा चिनी उद्योगहरु सञ्चालनमा रहेका छन् । उद्याेहरुमध्ये राकेश अग्रवालले सर्लाहीमा सञ्चालन गरेको अन्नपूर्ण चिनी उद्योगले ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेकाे छ ।

किसानहरुले महालक्ष्मी सुगर मिलबाट अघिल्लाे वर्षकाे २१ करोड रुपैयाँ लिन बाँकी रहेकाे जानकारी दिएका छन्। पश्चिम नवलपरासीकाे इन्दिरा सुगर मिल, बागमती सुगर मिल र लुम्बिनी सुगर मिलले २४ करोड रुपैयाँ दिन बाँकी रहेको छ । 

सरकारले उखुमा प्रतिक्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा अनुदान दिने घाेषणा गरेकाे थियाे।  जसमध्ये किसानहरुले चिनी उद्योगबाट ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले अनुदान स्वरुप दिने ६५ रुपैयाँ २८ पैसा पाउनेछन् । यस्तै सरकारले आर्थिक वर्ष २०७४/७५ मा उपलब्ध गराउने भनेको २ करोड रुपैयाँ र आर्थिक वर्ष २०७५/७६ को १ करोड ३३ लाख रुपैयाँ अनुदान दिन किसानहरुले माग गरेका छन् । 

केही दिनअघि अर्थ, उद्योग र कृषिमन्त्रालयका प्रतिनिधिसँग उपलब्ध गराउने भनिएको अनुदान रकम तत्काल उपलब्ध गराउन आग्रह गरिएको उखु उत्पादन महासंघका अध्यक्ष कपिलमुनी मैनालीले  बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया