पीपीएल : करण केसी बेस्ट बलर, ज्ञानेन्द्र बेष्ट ब्याट्सम्यान र राेहन मुस्तफा म्यान अफ दी सिरिज

 पुस १२, २०७६ शनिबार १७:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पाेखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा धनगढी ब्लुजका अनिल खरेल इमर्जिङ खेलाडी बनेका छन् । इमर्जिङ खेलाडी घाेषित भएबापत् उनले ५० हजार रुपैयाँ पनि प्राप्त गरेका छन् ।

यस्तै विराटनगरका लोकेश बमले मोष्ट भ्यालुएबल खेलाडी बन्दै एक लाख रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा सर्वाधिक विकेट लिएका चितवनका करण केसी  बेष्ट बलर घाेषित हुँदै एक थान मोटरसाइकल प्राप्त गरे ।

यस्तै बेष्ट ब्याट्सम्यानको उपाधि काठमाण्डौका कप्तान ज्ञानेन्द्र मल्लले हात पारे । यसबापत् उनले पनि एउटा मोटरसाइकल पाए ।

प्रतियोगिताको म्यान अफ दी सिरिज यूएईका रोहन मुस्तफा घाेषित हुँदै करण र ज्ञानेन्द्रजस्तै माेटरसाइकल उपहार पाए ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया