सिलिण्डर ल्याउँदा/लैजाँदा नगुडाऔँ, भान्सामा सधैँ ठाडाे बनाएर राखाैँ : निगम

 पुस १४, २०७६ सोमबार ७:१५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खाना पकाउने (एलपी) ग्यासको प्रयोग गर्दा विषेश सावधानी अपनाउन नेपाल आयल निगमले आग्रह गरेको छ ।

अत्यन्तै प्रज्वलनशील एलपी ग्यासको प्रयोग गर्दा चुहावट र दुर्घटनाको जोखिम हुने भएकाले विशेषा सतर्कता अपनाउन निगमले आग्रह गरेको हो । सिलिण्डर ल्याउँदा/लैजाँदा नगुडाउन र भान्सामा राख्दा सधैँ ठाडो बनाएर राख्न निगमले आग्रह गरेको छ ।

सिलिन्डर सुताएर अथवा घोप्टाएर प्रयोग गर्दा ग्यास चुहिएर आगलागी हुन सक्ने भन्दै सधैँ ठाडो बनाएर राख्नुपर्ने निगमले बताएको छ । यस्तै रेगुलेटर, पाइप र चुलो गुणस्तरयुक्त मात्रै प्रयोग गर्न र हरेक दुई वर्षमा ग्यासको पाइप फेर्न र खाना पकाइसकेपछि रेगुलेटर बन्द गर्न, खाना पकाउँदा झ्यालढोका खोल्न, बाहिर सुतीको कपडा लगाउन पनि निगमले सचेत गराएको छ ।

ग्यास चुहिएको शंका लागेमा, ग्यासको गन्ध आएमा पहिला रेगुलेटर र त्यसपछि चुल्हो बन्द गर्ने, सलाई, लाइटर, धुप, आदि नबाल्न र रेगुलेटरलाई सिलिण्डरबाट छुटाएर सिलिण्डरमा सेफ्टी क्याप लगाइ बाहिर खुला ठाउँमा राख्न निगमले सुझाएकाे छ ।  

ग्यासमा कुनै समस्या देखिएका तत्काल नजिकका ग्यास बिक्रेता अथवा ग्यास उद्योगमा सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया