चिडियाखानामा राति सक्रिय हुने जनावरहरु यस्तो देखिन्छन् (फोटो फिचर)

 पुस १४, २०७६ सोमबार १४:२५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – जावलाखेलमा रहेको सदर चिडियाखाना त जानु भएकै होला । चिडियाखानामा एक सय १४ प्रजातिमा विभिन्न जनावर राखिएको छ । तर केही जनावर भने रातकाे समायमा मात्र सक्रिय हुन्छन् । 

रातकाे समयमा सक्रिय हुने जनावरलाई दिउँसोको बेला आक्कलझुक्कल मात्र देख्न सकिन्छ । राति सक्रिय हुने जनावर अवलोकनको लागि चिडियाखानाले बेलाबेला विद्यार्थी र निश्चित व्यक्तिका लागि अवसर दिने गर्छ । यस वर्ष पनि २४औँ वार्षिकोत्सवको अवसरमा चिडियाखानाले सञ्चारकर्मीका लागि अवलोकनको व्यवस्था गरेको थियो ।

६ हेक्टर क्षेत्रफलमा फैलिएको सदर चिडियाखामा अहिले एक सय १४ प्रजातिका वन्यजन्तु छन् । राणा प्रधानमन्त्री जुद्धशमसेरले विक्रम संम्बत् १९८९ सालमा आफ्नो मनोरञ्जनका लागि सञ्चालनमा ल्याएको चिडियाखाना २०११ देखि सबैका लागि खुला गरिएको हो । 

सोमबार वार्षिकोत्सवका समारोहमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सचिव विश्वनाथ वली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराई लगायतले चिडियाखानाले वन्यजन्तु संरक्षण, अनुसन्धानसँगै वन्यजन्तुको उद्धारमा पनि महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा गर्नुभयो । 


अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया