प्रदेशसभा २ मा नेकपा र कांग्रेस एकै ठाउँमा, बक्याैता रकम भुक्तानीकाे माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध

 पुस १४, २०७६ सोमबार १५:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - संसदीय विकास कोषको योजनामा काम गरेका उपभोक्ता समितिहरुको बक्यौता रकम भुक्तानीको माग गर्दै प्रतिपक्षी दलले प्रदेश सभा २ को बैठक अवरुद्ध पारेका छन् ।

डेढ महिनापछि बसेको बैठकमा प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका सांसदहरुले संयुक्त रुपमा नै सभा अवरुद्ध गरेका हुन् ।   

प्रमुख प्रतिपक्षी दल नेकपाको तर्फबाट शत्रुध्न महतो र रामचन्द्र मण्डल, प्रतिपक्षी दल कांग्रेसको तर्फबाट प्रमुख सचेतक उपेन्द्र कुशवाहाले उपभोक्ता समितिको बक्यौता रकम प्रदेश सरकारले अविलम्ब भुक्तानी दिनुपर्ने भन्दै आ-आफ्ना मन्तव्य राखेपछि बैठक अवरुद्ध गरेका हुन् ।

संसदीय विकास कोष अन्तर्गत भएका योजनाहरुको उपभोक्ता समितिको बक्यौता रकम भुक्तानी, जनता आवास, माननीयहरुको संसदीय कोषको कार्यविधि, सशर्त अनुदान लगायतका विषयमा सरकारबाट समुचित रुपमा सन्तोषजनक जवाफ नआउँदासम्मको लागि बैठक आवरुद्ध गर्ने कांग्रेसका प्रमुख सचेतक कुशवाहाले बताउनुभयाे ।  

सरकारले भुक्तानी अध्ययनको लागि गठन गरेकाे समितिले प्रतिवेदन बुझाइसकेकाे भए पनि हालसम्म भुक्तानी नदिएकोले सदन आवरुद्ध गरेको संसदहरु बताउँछन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया