नेपाल टेलिकमकाे नयाँ सिम कार्ड खरिदमा थपियाे सुविधा

 पुस १४, २०७६ सोमबार १७:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं - नेपाल टेलिकमले नयाँ सिम कार्ड खरिद गर्दा थप सुविधा उपलब्ध गराउने भएकाे छ । पहिला नयाँ जीएसएम/सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको हाे । 

आउँदाे पुस १६ अर्थात जनवरी १ (अंग्रेजी नयाँ वर्ष) देखि सिम कार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको हो । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम अर्थात कुराकानी गर्न र ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिने छ । 

सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा फाेन गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ । यस्तै, ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

यसअघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरुले पुस १५ गतेसम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्था अनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ  । यस्तै, पुस १६ गते वा त्याे भन्दापछि एक्टिभेट गरेमा नयाँ व्यवस्था अनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ । 

नयाँ प्रिपेड सिम कार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएता पनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन । ९० रुपैयाँमै सिमकार्ड उपलब्ध हुनेछ । यसबाट नेपाल टेलिकमका ग्राहकहरु अझ बढी लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया