एमसीसी संसदबाट पास हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

 पुस १४, २०७६ सोमबार १६:४९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताउनुभएको छ । 

मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको सन २०१८/०१९ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले एमसीसीको विषयमा सरकार स्पस्ट भएकोले संसदबाट पास हुने बताउनुभएको हो ।

मन्त्री ज्ञवालीले पार्टीको स्थायी कमिटीको बैठकमा कुरा उठे पनि पार्टीको निर्णय एमसीसीको पक्षमा हुने बताउँदै संसदबाट पास हुने जानकारी दिनुभयो । एमसीसी सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो ।

उहाँले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत नरहेको संकेत गर्दै सन २०१७ को सेप्टेम्बरमा भएको सम्झौता अनुसार नै कार्यक्रमलाई अगाडि बढाइने बताउनुभयो ।

उहाँले एमसीसी सम्बन्धमा कसले के भन्यो भन्दा पनि सम्झौतामा के के विषय छन् भन्ने महत्वपूर्ण हुने बताउनुभयो । उहाँले परियोजना छनौट गर्दा नै क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माण गर्न सहयोग मागिएकाले भारतको स्वीकृति लिनुपरेको स्पस्ट पार्नुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया