ए डिभिजन लिग : फ्रेन्ड्ससँगकाे बराबरीमा मनाङकाे अपराजित यात्रा कायमै

 पुस १४, २०७६ सोमबार १७:४०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लवले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

फ्रेन्ड्स क्लवसँग एक एक गोलको बराबरी खेलेको मनाङ फेरि शीर्ष स्थानमा उक्लिएको छ । एन्फा क्म्प्लेक्स मैदान सातटोबाटोमा भएको खेलको ११ औँ मिनेटमा पाएको कर्नरको सदुपयोग गर्दै मनाङले अग्रता लिएकाे थियो ।

जगदिश श्रेष्ठको कर्नरमा रन्जन बिष्ठले उत्कृष्ट हेडिङ गोल गर्दै मनाङलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अग्रता बनाएको मनाङले दोस्रो हाफमा अग्रता जेगाउन सकेन ।

फ्रेण्ड्सका लागि खेलको ६२ औँ मिनेटमा उत्तम राईले गोल गरे । उनले कर्नरबाट आएको बलमा उत्कृष्ट हेडिङ गोल गरे । साेमबार नै भएको पहिलो खेलमा न्युरोड टिमलाई १–० ले पराजित गर्दै मछिन्द्र क्लबले पनि अपराजित यात्रा कायम राखेकाे छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया