ए डिभिजन लिग : एनआरटी विरुद्ध मच्छिन्द्रकाे कठिन जित

 पुस १४, २०७६ सोमबार १७:४६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लवले अपराजित यात्रा कायमै राखेकाे छ । साेमबार भएकाे खेलमा मच्छिन्द्रले एनआरटी बिरूद्ध एक शून्यकाे जित निकाल्याे । जारी लिगमा उसकाे याे तेस्राे जित हाे ।

दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको उद्घाटनको तयारी भइरहेका बेला एन्फाले चौथो चरणका खेलहरु सातदोबाटो मैदानमा गरेको हो । जसमा मच्छिन्द्रले अन्तिम समयमा गाेल गर्दै तीन अंक बटुल्याे ।

खेलमा मच्छिन्द्रले दबाब दिए पनि पाएका मौकाको सदुपयोग गर्न सकेन । दोस्रो हाफको अन्त्यतिर मच्छिन्द्रले दुई वटा उत्कृष्ट मौका पाएको थियो । तर उसका विदेशी खेलाडी गोल गर्न असफल रहे । तर खेलकाे ९० ‍औँ मिनेटमा मच्छिन्द्रले अग्रता बनायाे । उसका लागि विदेशी खेलाडी साेमीडीले गाेल गरे ।

त्यसकाे लगत्तै न्यूराेड टिमले गाेलकाे राम्राे अवसर पाएकाे थियाे । तर अन्तिममा चुक्न पुग्याे । यो जितपछि मच्छिन्द्रको चार खेलमा ९ अंक भएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया