रक्षामन्त्रीलाई भेट्न जाँदा प्रहरीले पक्राउ गर्‍याे : सीपी गजुरेल

 पुस १४, २०७६ सोमबार १८:९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारले प्रायोजित रुपमा आफूहरुलाई पक्राउ गरेको बताउनुभएको छ । 

सोमबार पत्रकार सम्मेलन गर्दै गजुरेलले आफूहरुले प्रशासनलाई कार्यक्रमका विषयमा जानकारी गराएको भए पनि प्रहरीले पक्राउ गर्नु शंकास्पद रहेको टिप्पणी गर्नुभयो ।

प्रक्राउपछि प्रहरीले गरेको व्यवहारले घटना प्रायोजित थियो भन्ने पुष्टि हुने उहाँको भनाई छ । आफूहरुले प्रधानमन्त्रीलाई भेट्न समय लिन खोजे पनि ‘बेड रेष्ट’मा भएका कारण सम्भव नभएको उहाँले बताउनुभयो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग समय लिएर भेट्न जाँदा प्रहरीले पक्राउ गरेको उहाँको भनाई छ ।

उहाँले नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्शा निकालेपछि आफूहरुले भारतको त्यस्ताे कदमको विरोध गरेको बताउनुभयो ।

प्रहरीले आइतबार काठमाण्डाैबाट गजुरेलसहित अन्य केही नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: चैत २३, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया