कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

 पुस १४, २०७६ सोमबार १९:१०:५५ | रासस
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । साेमबार घरमा कोही नभएको मौका पारेर स्थानीय एक युवाले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्तले हत्या गरिएकी बालिकाकी आमालाई तीन महिनाअघि डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए । मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।

‘पक्राउ परेका युवाले अत्याधिक मदिरा सेवन गरेका छन्’, प्रहरी प्रवक्ता चन्दले भन्नुभयो, ‘बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा युवकले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ।’ 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

6 Comments

  • Anamika

    Dec. 30, 2019, 8:43 p.m.

    निर्मलाको हत्यारालाई मारिदिएको भए डरले नै यस्तो बलात्कारको खबर फेरि सुन्नुपर्ने थिएन...रक्सी खाएर बालिका बलात्कार गर्नेलाई फाँसी दिनुपर्छ , त्यै बेला /

  •  0 Reply
  • Mahtab Ansari

    Dec. 30, 2019, 8:41 p.m.

    बलात्कारीलाई सिधै फाँसी दिनुपर्छ ....हे न्याय !!! नत्र अरु के भनम ...लाज नलाग्ने सरकारसंग ...शरीर नै झसंग भयो मेरो त यस्तो खबर सुन्दा... साँचै संसार पापी नै रहेछ /

  •  0 Reply
  • Dev ta Joshi

    Dec. 30, 2019, 8:33 p.m.

    यस्तो मान्छेलाई फाँसी दिनुपर्छ ...जसले समाजको मान र मर्यादा माथि हातपात गरोस् / एउटी सानी बालिकाको के दोष थियो होला त .......जसले संसार नै देख्न नपाई जानु पर्यो / ती सानी बहिनीलाई न्याय दिइयोस् !!

  •  0 Reply
  • नरविन साउद

    Dec. 30, 2019, 8:26 p.m.

    थुक्क शाला

  •  0 Reply
  • सराेज निराैला

    Dec. 30, 2019, 7:51 p.m.

    के हुँदैछ याे नेपालमा अब ३ बर्षका बच्चाकाे पनि यस्तो हालत बनाउन थाले ,, अाजिवन जेल सजाय हाेस नर पिशाचलाई ☹️☹️☹️☹️☹️

  •  0 Reply
  • अभिषेक कुवँर

    Dec. 30, 2019, 7:28 p.m.

    हैन यो देशमा दिनहुँ जसो बलात्कार,सवारी दुर्घटना ,चोरी,अपराध र भ्रस्टाचारका समाचारले मात्रै ठाउँ पायको देख्दा सार्है दिक्क लागेर आउन थालिसक्यो।सरकार अब त अति भो केही ठोस उपाय अपनाउनु पर्यो।कानुनी राज्यको अभाव भैरहेको छ।प्रहरी प्रशासन माथी सर्बसाधारन्को बिश्वास घुम्दै गएको छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया