आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो
बैशाख १२, २०८१ बुधबार
कञ्चनपुर – सञ्चार तथा सुचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले नेपालमा कुनै राजनीतिक आधार र एजेण्डा नभएको बताउनुभएको छ ।
प्रेस संगठन कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै मन्त्री बास्कोटाले नेपालमा कुनै राजनीतिक आधार र एजेण्डा नभएकाले कसैले त्यसो भने त्यो नौटंकी मात्रै हुने बताउनुभयो ।
उहाँले सरकारले देश निर्माणको प्रक्रियामा साथमा आउने जुनसकै दलसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै प्रधानमन्त्रीले चाहे जुनसुकै बेलामा मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने स्पष्ट पार्नुभयो ।
साथै उहाँले सरकार विश्वसँग सँगै हिँड्न चाहेकाले भर्खरै विदेशी लगानी भित्र्याएको दाबी गर्नुभयो ।
कालापानी र लिपुलेकका बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफमा मन्त्री बास्कोटाले भन्नुभयो, ‘कालापानी, लिपुलेक मात्रै नभइ लिम्पियाधुरा पनि नेपालकै भूमि हो ।’ तथ्य र प्रमाणहरुले पनि लिम्पियाधुरासम्म नेपालको भूमि हो भन्ने पुष्टि गरिसकेको उहाँले बताउनुभयो ।
‘यो विवाद पुरानो भएकाले यसमा भारतको समेत दाबी छ‘, उहाँले भन्नुभयो ‘तर भारतले पनि अन्तर्राष्ट्रिय मान्यताहरुलाई मान्नुपर्छ । त्यसैले हामीले ब्रिटिसकालीन सन्दर्भ सामग्रीलाई तथ्य बनाउनुपर्ने माग राखेका छौँ ।’
उहाँले यस विषयमा भारत सरकारलाई पत्र पठाइएको र त्यसको सकारात्मक जवाफ आएको बताउनुभयो ।