मलेसियन रिंगिट, वन र रियालको भाउ बढ्यो

 पुस १५, २०७६ मंगलबार १०:३२:१२ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार कोरियन वन, मलेसियन रिंगिट र ओमानी र कतारी रियालको भाउ बढेको छ । अरु विदेशी मुद्राको भाउ भने घटेको छ । 

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा रहेको थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा तोकेको छ । हिजो कतारी रियालको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको थियो । 

यस्तै ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ११ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ ०१ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकिएको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रीदर २७ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको थियो । 

कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर ३७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६२ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ६१ पैसा रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया