ए डिभिजन लिग : जाउलाखेलद्वारा च्यासल पराजित, साहुखलकाे एक सयाैँ गाेलकाे लक्ष्य पूरा भएन

 पुस १५, २०७६ मंगलबार १३:५८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमा०्डाै - शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब जाउलाखेलसँग पराजित भएको छ ।

जारी लिगमा जाउलाखेलको याे दोस्रो जित हो । सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा जाउलाखेलले दुई मिनेटमा दुई गोल गर्दै च्यासलविरुद्ध दुई-शून्यको जित निकाल्यो ।

स्ट्राइकर सन्तोष साहुखलका लागि याे खेल लिगमा एक सयौँ गोल गर्ने अवसर भएकाे र  धेरै पटक गोलको मौका पाए पनि उनले गाेल गर्न सकेनन् । 

खेलको ३७ औंँ मिनेटमा सन्तोष साहुखलले डी-बक्समा पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेनन् । उता जाउलाखेलले पनि ४२ औंँ मिनेटमा राम्रो अवसर पाएको थियो । तर जाउलाखेलका चार जना खेलाडी डी-बक्समा रहँदा पनि गोल गर्न सकेनन् ।

त्यसपछि ७१ औंँ मिनेटमा च्यासलका सन्तोष साहुखलले डीबक्स नजिकैबाट गरेको अर्को प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

८० औंँ मिनेटमा जाउलाखेलले खेलमा अग्रता लिन सफल भयो । च्यासलको कमजोरीको फाइदा उठाउँदै रुपबहादुर लामाले गोल गर्न सफल भए । त्यसको एक मिनेटमा जाउलाखेलले दोस्रो गोल गर्यो । यसपटक पनि च्यासलको कमजोर डिफेन्सकाे फाइदा उठाउँदै जाउलाखेलका बिजय घलानले गोल गरे ।

त्यसपछि ८६ औंँ मिनेटमा जाउलाखेलले अर्को सुन्दर मौका पाए पनि सफल हुन सकेन । त्यसपछि च्यासल खेलमा फर्कन सकेन र जाउलाखेलले जारी लिगमा दोस्रो जित निकाल्यो । जितसँगै जाउलाखेलको चार खेलमा ८ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया