ए डिभिजन लिग : ब्रिगेड ब्वाइजद्वारा हिमालयन शेर्पा एक-शून्यले पराजित

 पुस १५, २०७६ मंगलबार १८:४८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत ब्रिगेड ब्वाइज क्लबले लिगको सयौँ खेलमा जित निकालेको छ । उसले हिमालयन शेर्पा क्लबलाइ १-० गोलले हरायो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्रिगेडको जितमा विजय गुरूङको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको १७ औंँ मिनेटमा गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका हुन् । डीबक्स बाहिरबाट गरेको उनको प्रहार गोलमा परिणत भएकाे थियाे।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्रिगेडले दोस्रो हाफमा थप गोल गर्न सकेन र शेर्पा पनि खेलमा फर्कन सकेन । जसका कारण ब्रिगेड ब्वाइजले दोस्रो जित निकाल्न सफल भयाे । यो जितपछि उसको लिगमा ६ अंक भएको छ । शेर्पा भने २ अंकका साथ ११ औंँ स्थानमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया