सीमासम्बन्धी छलफलका लागि भारतलाई मिति तोकेर पत्र पठाइयाे : मन्त्री ज्ञवाली

 पुस १५, २०७६ मंगलबार १९:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादमा छलफल गर्न नेपालले पठाएको मितिमा भारतले चासो नदिएपछि फेरि मिति तोकेर पत्र पठाएको बताउनुभएको छ । 

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको मंगलबारको बैठकमा छलफलका लागि नयाँ मिति तोकेर दोस्रो पत्र पठाएको जानकारी दिनुभएको हो । उहाँले भारतले दोस्रो पत्रको जवाफ पठाइ नसकेको समेत बताउनु भएको छ ।

सीमासम्बन्धी समस्या समाधान गर्न पहिलो पटक ठाउँ र मिति तोकेर मंसिर ६ गते पत्र पठाएकोमा भारतले पुस ३ गते समस्यालाई स्वीकार गर्दै नेपालले प्रस्ताव गरेको मिति अनुकूल नभएको जानकारी पत्रमार्फत गराएको उहाँले बताउनुभयो । उहाँले फेरि अर्को मिति तोकेर पठाएको र दुवै देशका पदाधिकारीहरुको बैठक बस्ने मितिको पर्खाइमा सरकार रहेको बताउनुभयो ।

मन्त्री ज्ञवालीले गएकाे कात्तिक २९ गते बसेको नेपाल भारत संयुक्त आयोगको बैठकले नेपाल भारत सीमा निरिक्षण समिति गठन गरेको र त्यसले काम सुरु गरिसकेको समेत जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया