त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरण प्रभावित

 पुस १८, २०७६ शुक्रबार १४:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वर्षाका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् ।

वर्षासँगै मौसम धुुम्मिएकाले आन्तरिक र बाह्य उडान अवतरण प्रभावित भएका विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिकतर्फ केहीबेर कुनै उडान र अवतरण हुन सकेको थिएन भने बाह्य उडानका विमानलाई डाइभर्ट गरिएको थियाे ।

एयर चाइनालाई छेन्दु, थाई एयरवेजलाई कलकत्ता, कतार एयरवेज र चाइना सदनलाई ढाका र सिचुवानका विमानलाई लासामा डाईभर्ट गरिएको छ । अहिले पनि अवतरणकाे पर्खाइमा केही जहाज आकाशमा घुमिरहेका छन् । उडानका लागि कम्तीमा पनि भिजिबिलिटी १३ सय मिटर आवश्यक पर्छ । तर केहीबेर भिजिबिलिटी ८ सय मिटर मात्रै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साना विमानका लागि १३ सयदेखि माथि र ठूला विमान उडान अवतरणका लागि दुई हजार मिटर भन्दा माथिको भिजिविलिटी आवश्यक पर्छ । 

अहिले भर्खरै भने माैसममा सुधार भएका कारण उडान र अवतरण सुरु भएकाे विमानस्थलले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया