अर्थ मन्त्रालयका उप सचिव ढुंगाना र उहाँकी श्रीमतीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

 पुस १८, २०७६ शुक्रबार १६:४४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्थ मन्त्रालयका उप–सचिव राजेन्द्र ढुंगाना र उहाँकी श्रीमतीविरुद्ध विशेष अदालत काठमाण्डाैमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढुंंगाना र उहाँकी श्रीमती मधु कोइरालाविरुद्ध ४ करोड ६८ लाख ४८ हजार बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

ढुंगानाले गैरकानुनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारबाही गरीपाउँ भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा साढे ४ करोड रुपैयाँभन्दा धेरै स्राेत नखुलेकाे सम्पत्ति रहेको भेटिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

ढुंगानाले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य काम गरेर स्रोत नखुल्ने सम्पत्ति आफू र श्रीमती मधुको नाममा राखेको पुष्टि भएकाले कारबाहीका लागि मुद्दा दायर गरेकाे अख्तियारले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया