त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ

 पुस १८, २०७६ शुक्रबार १७:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

कतारको दोहाबाट काठमाण्डाै आएका २ जना भारतीयलाई मलद्वारमा लुकाएर ल्याएको १ किलो सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नवीन गोपिचन्द र सुरेशलाल भारत छन् ।

उनीहरुले १ किलो सुनलाई ६ वटा गोली बनाएर मलद्वारमा राखेर काठमाण्डौ ल्याएका थिए । पछिल्लो एक हप्तामा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलद्वारमा सुन लुकाएर तस्करी गर्ने भारतीयहरु दोस्रो पटक पक्राउ परेका हुन् ।

गएको मंंगलबार पनि प्रहरीले मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित १ जना भारतीयलाई पक्राउ गरेको थियो । यस्तै, बिहीबार धुलो बनाएर ल्याएको साँढे १ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना भारतीय पक्राउ परेका थिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया