सरकार र उखु किसानबीच पाँच बुँदे सहमति : आन्दोलन स्थगित

 पुस १८, २०७६ शुक्रबार १८:३६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकार र आन्दोलनरत उखु किसानबीच पाँचबुँदे सहमति भएसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा माघ ७ गतेभित्र किसानको बक्यौता रकम उपलब्ध गराउन सरकारले चिनी मिल सञ्चालकसँग समन्वय गर्ने सहमति भएको छ ।

यस्तै उखुको भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषि मन्त्रालयलाई लेखेर पठाउने सहमति पनि भएको छ ।

सरकारसँग सहमति भएसँगै काठमाण्डौमा आन्दोलनरत उखु किसानहरुले आन्दोलन स्थगित गर्दै घर फर्कने भएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया