कुलमान घिसिङ चितवनमा सम्मानित

 पुस १९, २०७६ शनिबार १७:४१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनुभएको छ ।

देशमा विकराल अवस्थामा रहेको लोडशेडिङ अन्त्य गरी पर्यटनलगायत सबै क्षेत्रलाई नयाँ जीवन दिएको भन्दै  क्षेत्रीय होटल संघ, चितवनले शुक्रबार कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरेको हो ।

संघले चितवनको सौराहामा आयोजना गरेको १६ औंँ हात्ती महोत्सव समापन समारोहमा प्रदेश नम्बर ३ का प्रदेश प्रमुख विष्णु प्रसाईँले सम्मानपत्रसहित दोसल्ला ओडाएर घिसिङलाई सम्मान गर्नुभयो ।

सरकारले दिएको जिम्मेवारी सबैको साथ र सहयोगले पूरा गर्दा लोडशेडिङ अन्त्य गर्ने सानो सफलता हासिल भएको उल्लेख गर्दै घिसिङले अब ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण  क्रियाशील रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया