केन्द्रीय कमिटी बैठक तीन हप्ता पर सार्ने नेकपा सचिवालय बैठककाे निर्णय

 पुस २०, २०७६ आइतबार ११:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक झण्डै एक महिना पर सारिएको छ ।

आइतबार बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आउँदो बुधबारका लागि बोलाइएको बैठक माघ १५ गतेका लागि सारेको हो ।

राष्ट्रिय सभाको चुनावको तयारीमा जुट्नुपर्ने भन्दै बैठक सारिएको नेकपाले जनाएको हो ।

आइतबारकाे सचिवालय बैठकमा सभामुखकाे सम्बन्धमा पनि छलफल हुन सकेन । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया