सुनकाे भाउ आकासिएपछि काराेबार ठप्प जस्तै : दैनिक मुश्किलले १० किलाेमात्रै व्यापार

 पुस २१, २०७६ सोमबार १५:४२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ बढेपछि नेपाली बजारमा कारोबार प्रभावित भएको छ ।

गएका चार दिनमा सुनको भाउ तोलामा झण्डै २ हजार रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाे मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

सुनको भाउ साेमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ साेमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगाे भएको हो । सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।

सधैँ पुसको पहिलो हप्ता सुनको कारोबार खासै नहुने भए पनि दोस्रो हप्तादेखि भने सुन किन्नेको भिड हुने गरेकोमा यसपटक अझै सुन किन्ने ग्राहक आउन नथालेको उहाँले बताउनु भयो ।

गएकाे वर्ष यो समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुश्किलले दैनिक १० किलोमात्रै व्यापार हुने गरेको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना भएको उहाँले बताउनु भयो । अमेरिका र इरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको शाक्यको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया