सुनकाे भाउले राख्याे ऐतिहासिक रेकर्ड, ताेलाकाे ७६ हजार

 पुस २१, २०७६ सोमबार ११:४०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ साेमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ ।

केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ साेमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगाे भएको हो । सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।

गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाे मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

गएकाे वर्ष याे समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुश्किलले दैनिक १० किलोमात्रै व्यापार हुने गरेको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनु भयो ।

अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया