ए डिभिजन लिग : मनाङ र मच्छिन्द्रले अंक बाँडे

 पुस २१, २०७६ सोमबार १७:२९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङले मच्छिन्द्र क्लवसँग बराबरीमा चित्त बुझाएको छ ।

मनाङले बलियो प्रतिद्वन्द्वी मच्छिन्द्र क्लवसँग दुई दुई गोलको बराबरी खेल्यो । यो बराबरीपछि पनि मनाङ लिगको शीर्ष स्थानमा यथावत रहेको छ । दशरथ रंगशालामा भएको खेलमा मनाङले सुरुवाती अग्रता जोगाउन सकेन र अन्तिममा विमलको गोलमा हार टार्‍याे ।

खेलको दोस्रो मिनेटमा प्रतिबन्धपछि खेलमा फर्किएका अञ्जन विष्टको पासमा फेमीले गोल गर्न सफल भए । उनले खेलको दोस्रो मिनेटमा गोल गरेका हुन । त्यसपछि १२ औँ मिनेटमा कमल श्रेष्ठको फ्री-किकमा भने फेमी गोल गर्नबाट चुके ।

त्यसपछि २१ औं मिनेटमा रञ्जित धिमालको फ्री-किकमा एडीजेलाले पाएको अवसरलाई सदुपयाेग गर्न सकेनन् । ३२ औँ मिनेटमा रञ्जितकै फ्री-किकमा पिटरले गोलको सुन्दर अवसर खेर फाले ।

३९ औं मिनेटमा मच्छिन्द्रका अभिशेख रिजालको प्रहारलाई मनाङका गोलकिपरले बचाए । त्यसपछि ४३ औं मिनेटमा रञ्जित धिमालको क्रसमा मच्छिन्द्रका अभिशेख रिजालले अर्को गोलको अवसर गुमाए ।

पहिलो हाफमा एक गोलले पछि परेकाे मच्छिन्द्रले दोस्रो हाफको सुरुवातमा नै खेल बराबरी गर्न सफल भयो । उसका लागि सोमिडेको पासमा सुजल श्रेष्ठले गोल गरे । खेल एक एक गोलको अवस्थामा रहेका बेला ८१ औं मिनेटमा मच्छिन्द्रले खेलमा अग्रता बनायो । उसका लागि विदेशी खेलाडी एडीजेलाले गोल गर्न सफल भए ।

खेलको अन्तिममा मनाङले फेरि अर्को गोल थप्यो । यसपटक उसका लागि अतिरिक्त खेलाडी विमल रानाले गोल गरे । उनी खेलको ३४ औं मिनेटमा रञ्जन विष्टको स्थानमा मैदानमा प्रवेश गरेका थिए । यो बराबरीपछि मनाङको पाँच खेलमा ११ अंक भएको छ भने मच्छिन्द्रको १० अंक भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया