पार्टीकाे ह्विप नमान्ने सत्तारुढ सांसदकै चेतावनीपछि प्रदेश ३ काे संसद बैठक स्थगित

 पुस २१, २०७६ सोमबार १८:५९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - प्रदेश तीनको प्रदेश सभाले प्रदेश नामाकरण सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।

मुख्य सचेतक रामेश्वर फुयाँलले टेबुल गर्नु भएको कार्यविधि सम्बन्धी प्रस्तावलाई नेपाली कांग्रेसकी सचेतक राधा घले र विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले समर्थन गर्नुभएकाे थियाे । प्रस्ताव सर्वसम्मत स्वीकृत भएकाे हो ।

प्रदेश सभाको मंगलबारको बैठक भने बुधबारसम्मका लागि स्थगीत गरिएको छ । मंगलबारको बैठकमा प्रदेशको राजधानीको विषयमा मतदान हुने भनिए पनि सभामुख सानुकुमार श्रेष्ठले बैठक बुधबार दिउँसो तीन बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।

नेकपाको केन्द्रीय कमिटीको निर्देशनका सम्बन्धमा प्रदेश सांसदहरुले विरोध गरेपछि नेकपा विवादकै कारण मंगलबारको बैठक स्थगित गरिएको बताइएको छ ।

यसैबीच प्रदेश राजधानी र नामका विषयमा प्रदेशसभा सदस्यहरु विभाजित भएर पार्टीको हृवीप उल्लंघन गर्ने चेतावनी दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटीले शीर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ ।

दुई अध्यक्षसँग अनुमति लिएर पार्टी निर्णय कार्यान्वयन गराउने तयारी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितका पदाधिकारीहरुले गरेका छन् । प्रदेशसभा संसदीय दल र प्रदेश कमिटी पदाधिकारी तथा नेकपा केन्द्रीय सदस्यहरु सम्मिलित संयुक्त बैठकमा नाम र राजधानीबारे पार्टी केन्द्रीय सचिवालयको निर्णय नमान्ने चेतावनी सांसदहरुले दिएका थिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया